अनेरास्ववियु आर.आर क्याम्पस कमिटीको २६ औँ सम्मेलन बाट विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
राजनीति
काठमाडौं। अनेरास्ववियु आर.आर क्याम्पस कमिटीको २६औँ सम्मेलनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
सम्मेलनले गोविन्द विष्टलाई अध्यक्षमा चयन गरेको छ। त्यस्तै उपाध्यक्षमा दक्ष शाही, पासाङ स्याङ्ग्बो र सुस्मिता खड्का निर्वाचित भएका छन्।
सचिवमा खम्बध्वज बस्नेत चयन भएका छन् भने सहसचिव पदमा एकेन्द्र खत्री, सुरेश चन्द्र र जेमिना पुन मगर चयन भएका छन्।
त्यसैगरी, कोषाध्यक्षमा अर्पण धिमिरे चयन भएका छन्। सम्मेलनले ३१ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ।
नवगठित समितिले क्याम्पसमा संगठन सुदृढीकरण, विद्यार्थी हकहित संरक्षण तथा शैक्षिक वातावरण सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
