`

अर्थ समितिले गर्‍यो ४ उपसमिति गठन, के-के ?

Nepal One HD २९ वैशाख २०८३ १२:०८
राजनीति

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले चार वटा कार्यक्षेत्रगत उपसमिति गठन गरेको छ। मंगलबार बसेको समितिको बैठकले सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन, र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको हो।

समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिहरूका कार्यक्षेत्र र जिम्मेवारी स्पष्ट गर्दै कार्यादेश (टीओआर) समेत तयार गरिएको छ। उनले उपसमितिहरूलाई तोकिएको विषयगत क्षेत्रअनुसार अध्ययन, विश्लेषण तथा सुझाव तयार गर्न जिम्मेवारी दिइएको जानकारी दिए।

उनका अनुसार गठन गरिएका उपसमितिहरूको कार्यावधि ६ महिनाको हुनेछ। आवश्यकता अनुसार अधिकतम एक महिनासम्म थप गर्न सकिने व्यवस्था पनि गरिएको छ। साथै, उपसमितिहरूले नियमित रूपमा लिखित प्रगति प्रतिवेदन तयार गरी समितिमा पेश गर्नुपर्ने प्रावधान राखिएको छ।

समितिले अर्थतन्त्र, वित्तीय प्रणाली, लगानी प्रवर्द्धन र संघीय वित्त व्यवस्थापनसँग सम्बन्धित विषयलाई थप प्रभावकारी बनाउन उपसमिति गठन गरिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *