प्रधानमन्त्री बालेन बैठक हलबाट बाहिरिएको विषयमा कांग्रेसले माग्यो जवाफ
नेपाली कांग्रेस
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग औपचारिक जवाफ माग गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह बैठक नसकिँदै बाहिरिएको घटनाप्रति कांग्रेसले आपत्ति जनाएको हो।
कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको यस्तो व्यवहार सामान्य विषय नभएको भन्दै सरकारको स्पष्ट जवाफ माग गरेकी छन्।
उनले भनिन्, ‘हिजो बिरलै देखिने दृश्य देख्यौँ। प्रधानमन्त्री बाहिरिनु सामान्य विषय होइन। सरकारबाट स्पष्ट जवाफ दिइयोस्। पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हो। हामी प्रधानमन्त्रीको जवाफ चाहन्छौँ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
