देश बनाउने मामिलामा विपक्षीसँग पनि परामर्श गर्न हर्कराज राईको आग्रह
प्रमुख खबर
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नीति तथा कार्यक्रम र बजेट तुर्जमाको छलफलमा सत्ता पक्षले विपक्षीसँग पनि परामर्श गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै अध्यक्ष राईले देश बनाउने मामिलामा सत्ता पक्ष र विपक्ष एकै सिक्काका दुई पाटा भएकाले सहकार्य गर्न आग्रह गरे ।
उनले सबै खालको विकासको जराका रुपमा नीतिलाई लिनुपर्ने र सही विषयका पक्षमा अभिमत प्रकट गर्न सक्ने चेतना विकास गर्न आग्रह गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
