`

बालेनको राजीनामा नमाग्न शाहीले सुझाए साम्पाङलाई(भिडियाे)

Nepal One HD १ जेठ २०८३ ११:५३
भिडियो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले त्यसको विपक्षमा धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै शाहीले प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै कारण नरहेको बताएका हुन् । उनले विगत ३५ वर्षसम्म देशमा भ्रष्टाचार र लुटतन्त्र चलाउने शक्तिहरूविरुद्ध जनताले अहिलेको जनादेश दिएको उल्लेख गरेका छन् ।

‘माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ । प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन,’ शाहीले फेसबुकमा लेखेका छन् । ‘तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे । तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन् । त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ ।’

उनले सबै राजनीतिक दल र शक्ति मिलेर देशलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । साथै प्रधानमन्त्री संसदप्रति उत्तरदायी र प्रजातान्त्रिक बन्नुपर्ने आफ्नो धारणा पनि राखेका छन् ।

‘हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसदप्रति उत्तरदायी भइदिनुहोस्,’ उनले भनेका छन् । ‘किनकि संसद जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद नै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *