प्युठानमा भ्यान दुर्घटनामा दुई जनाको मृत्यु
समाचार
प्युठान । प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्युठान-दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका-१ देविस्थानमा लु २ च ०१०४ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक रोशन पुनले जानकारी दिएका छन् ।
मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन । दुर्घटनामा परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
