स्थानीय तहको एक वर्षको बेरुजु १९ अर्ब ५ करोड
प्रमुख खबर
काठमाडौं ।देशभरका ७५३ स्थानीय सरकारहरूको आर्थिक वर्ष २०८१/८२ को कुल बेरुजु १९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ६३औँ वार्षिक प्रतिवेदन पेस गर्दै उक्त तथ्य सार्वजनिक गरेको हो ।
प्रतिवेदनअनुसार स्थानीय तहको कुल बेरुजु १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेको छ । यसमध्ये २ अर्ब १ करोड रुपैयाँ असुल गर्नुपर्ने, १५ अर्ब १८ करोड रुपैयाँ नियमित गर्नुपर्ने तथा १ अर्ब ८४ करोड रुपैयाँ पेश्की रहेको छ ।
त्यसैगरी सात प्रदेशको कुल बेरुजु ५ अर्ब २२ करोड रुपैयाँ देखिएको छ । जसमा ५२ करोड रुपैयाँ असुल गर्नुपर्ने, ३ अर्ब ७५ करोड रुपैयाँ नियमित गर्नुपर्ने र ९४ करोड रुपैयाँ पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
