‘महावीर पुन, रास्वपा नै हुन्, अब मन्त्री पड्काउँछन्, सबैलाई थर्काउँछन्’ : हर्क साम्पाङ
भिडियो
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन अब मन्त्री बन्ने दाबी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरेका छन् । मन्त्री बनेर पुनले सबैलाई थर्काउने साम्पाङले बताए ।
उनले भनेका छन्, ‘महावीर पुन, रास्वपा नै हुन्, अब मन्त्री पड्काउँछन्, सबैलाई थर्काउँछन् ।’
म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित पुन यसअघि नै मन्त्री बन्ने चर्चा थियो । तर, प्रधानमन्त्री बालेनले उनलाई मन्त्री बनाएनन् । तर, फेरि मन्त्री बन्ने चर्चा चुलिएको छ ।
यस्तोमा प्रतिनिधिसभा सदस्यसमेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसद पुन स्वतन्त्र नभई रास्वपाको भएको र उनी अब मन्त्री बनेर सबैलाई थर्काउने बताएका छन् ।
उनलाई गत २१ फागुनको निर्वाचनमा म्याग्दीमा रास्वपाले समर्थन गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
