`

आफ्नै रेकर्ड तोड्दै ३२ औं पटक सगरमाथा शिखरमा पुगे कामिरिता

Nepal One HD ३ जेठ २०८३ १०:५८
प्रमुख खबर

काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

५६ वर्षीय कामिरिताले आज (१७ मे २०२६) बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

उनी ‘एभरेष्ट म्यान’ को उपनामले चिनिन्छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उनकै नाममा छ ।

‘३२ औं पटक सफल आरोहणपछि कामिरिता र उनको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा छन्,’ सेभेन समिट ट्रेक्सले फेसबुकमा लेखेको छ, ‘उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौंमा उनको भव्य स्वागतको तयारी गरिँदैछ ।’

सन् १९९४ देखि सगरमाथा आरोहण यात्रा सुरु गरेका कामिरिताले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहण क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन् । उनलाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक उत्कृष्ट प्रतीकका रूपमा लिइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *