`

सभामुखको अगाडि उभिएर हर्क साम्पाङसहितले देखाए पर्चा, यस्ता छन् नारा [तस्वीरहरु]

Nepal One HD ४ जेठ २०८३ १२:१४
प्रमुख खबर

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने माग राख्दै प्रतिनिधि सभा बैठकमा विरोध प्रदर्शन गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ उनीहरूले वेल घेरेर विभिन्न नारा लेखिएका पर्चा प्रदर्शन गरेका थिए ।

पर्चामा ‘प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नैपर्छ’, ‘प्रश्नदेखि भाग्न पाइँदैन’, ‘संसद् छलेर अध्यादेश ल्याउन बन्द गर’, ‘संसदीय जिम्मेवारी बहन गर’ लगायतका नारा उल्लेख थिए ।

यस्तै, ‘डोजर आतंक बन्द गर’, ‘दमन होइन संवाद गर’, ‘गरिबलाई मार्न पाइँदैन’, ‘राज्य आतंक बन्द गर’ जस्ता नारा समेत प्रदर्शन गरिएको थियो ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसदीय मर्यादा कायम गर्न निर्देशन दिएपछि सांसदहरूले उक्त पर्चा शरीरमा टाँसेर आसनमा बसेका थिए । संसद्मा यस्तो दृश्य सामान्यतया कम देखिने गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *