`

प्लेकार्ड देखाएपछि, हर्कको दललाई सभामुखले दिए चेतावनी

Nepal One HD ६ जेठ २०८३ ११:३४
राजनीति

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्डसहित विरोध जनाएपछि सभामुख डीपी अर्यालले ‘अभद्र व्यवहार’ नगर्न चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख अर्यालले संसद्को मर्यादा कायम राख्न सबै सांसद जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

उनले प्रतिनिधिसभाको गरिमा र नियम पालना गर्न आग्रह गर्दै बैठकको वातावरण मर्यादित बनाउन ध्यानाकर्षण गराए ।

सभामुख अर्यालले हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *