`

पार्किङ निषेधको विरोधमा तनहुँका व्यवसायीहरू पसल बन्द गरेर आन्दोलनमा [तस्वीरहरू]

Nepal One HD १० जेठ २०८३ ११:४६
अर्थ समाचार

काठमाडौं। दमौलीस्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।

व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी साधन पार्किङ गर्न रोक लगाएपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोध जनाएका हुन् ।

नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन सफा सडकमा पार्किङ निषेधको निर्णय लागू गरिएको जनाएको छ । साथै, केही क्षेत्रमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था पनि लागू गरिएको छ ।

तर व्यवसायीहरूले पार्किङ निषेधका कारण व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन् ।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *