`

‘जिबी राई कहिले पक्राउ पर्छन् सरकार?’ [भिडियाे]

Nepal One HD १२ जेठ २०८३ १३:०४
बिशेष

काठमाडौं । आरेन राई ले सरकारमाथि विभिन्न विषयमा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाँदर व्यवस्थापनदेखि सुकुम्वासी समस्या र सहकारी पीडितलाई वितरण गरिएको रकमसम्मका विषयमा सरकारसँग स्पष्ट जवाफ मागे ।

श्रम संस्कृति पार्टीका महासचिवसमेत रहेका राईले सरकारलाई प्रश्न गर्दै भने, ‘बाँदर व्यवस्थापन कहिले हुन्छ ? सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले सरकार भएको अनुभूति गर्ने गरी व्यवस्थापन कहिले हुन्छ ? जीबी राई कहिले पक्राउ पर्छन् ? किसानका समस्या व्यवहारमै समाधान हुन्छन् कि सामाजिक सञ्जालमै सीमित हुन्छन् ?’

सहकारी पीडितलाई राज्यकोषबाट राहत वितरण गर्ने विषयमा पनि उनले आपत्ति जनाए । जनताले तिरेको करबाट सहकारी पीडितको रकम फिर्ता दिन नहुने उनको भनाइ थियो ।

‘यदि सरकारले सहकारी, बैंक वा अन्य व्यवसाय डुबेको पैसा तिरिदिने नीति लिएको हो भने त्यसबारे स्पष्ट हुनुपर्छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *