`

बैठक बहिष्कार गरेर बाहिरिए साम्पाङ[भिडियो]

Nepal One HD १३ जेठ २०८३ ११:२१
बिशेष

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबार बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। बैठक सुरु हुनेबित्तिकै उनले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको उपस्थितिबारे प्रश्न उठाउँदै सभामुखसँग रुलिङको माग गरेका थिए। साम्पाङले प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने धारणा राखेका थिए।

तर, सभामुखले उनको मागमाथि तत्काल कुनै प्रतिक्रिया नजनाएपछि साम्पाङ असन्तुष्ट बने। त्यसपछि उनले संसद् बैठकप्रति असहमति जनाउँदै बैठक बहिष्कार गरेर बाहिरिएका हुन्।

साम्पाङले संसदमा सरकार प्रमुखको अनुपस्थितिलाई गैरजिम्मेवार व्यवहारको संज्ञा दिएका छन्। उनले जनताका सवालमा प्रधानमन्त्री उत्तरदायी हुनुपर्ने र संसदप्रति सम्मान देखाउनुपर्ने बताउँदै आएका थिए । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *