अस्ती बालेन, आज हर्क निस्किए बिचैमा
भिडियो
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद् भवनबाट बीचमै बाहिरिएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण प्रस्तुत गरिरहँदा उनी बैठक कक्षबाट बाहिरिएका हुन्।
बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले आफू बाहिर भए पनि बजेट सुन्ने व्यवस्था रहेको बताए। उनले भने, ‘म मात्रै छैन नि, मेरो दलको प्रतिनिधि त्यहाँ छन्, म नेता हुँ नि।’
उनले बाहिर आफ्नो महत्वपूर्ण काम रहेको दाबी गर्दै बैठक बहिष्कार नगरेको स्पष्ट पारे। ‘मेरो इम्पोर्टेन्ट काम छ,’ उनले भने।
‘बजेटभन्दा पनि त्यो काम महत्वपूर्ण हो?’ भन्ने प्रश्नमा उनले पुनः आफ्नो काम नै प्राथमिकतामा रहेको प्रतिक्रिया दिए। साथै प्रधानमन्त्री संसद्मा उपस्थित भएकाले आफूले कुनै आन्दोलन वा विरोध नगरेको पनि उनले बताए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
