‘बालेन सरकारको दादागिरी चल्दैन, हद भयो’ भन्दै प्रतिकार गर्न हर्कको अपिल
बिशेष
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले धरान ११ र १ नम्बर वडामा डोजर चलाउन सरकारले आदेश दिएको भन्दै प्रतिकारमा उत्रिन स्थानीयलाई उक्साएका छन् ।
नेपाली भूमि खाली गरेर भारतलाई सुम्पिन खोज्दैछ कि के हो भन्दै उनले देश बचाउने दिन आएको र अब प्रतिकारमा उत्रिन आह्वान गरेका हुन् ।
बालेन सरकारलाई ‘घण्टी सरकार’ भन्दै आक्रोश पोखेका उनले सोधेका छन्, ‘रास्वपा घण्टी पार्टीले फेरि धरान ११ र १ मा घर भत्काउने आदेश पठाएछ ? तिम्ले बनाइदेको घर हो ? तिम्रो बाऊले जोडिदिएको जग्गा हो ?’
उनले हदै भएको भन्दै अब आउने चुनावमा रास्वपाको नाम लिएर आउनेलाई छिर्न नदिनु भन्दै उर्दी जारी गरेका छन् ।
उनले बालेन सरकारको दादागिरी नचल्ने पनि बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
