नेतन्याहुलाई फोन गरेर किन थर्काए ट्रम्पले ?
प्रमुख खबर
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई फोनमार्फत कडा शब्दमा असन्तुष्टि व्यक्त गरेको विवरण सार्वजनिक भएको छ।
इजरायलले लेबननमा आक्रमण गरेपछि इरानले सोमबार अमेरिकासँग जारी वार्ता रोक्ने चेतावनी दिएको पृष्ठभूमिमा यो घटना भएको हो।
अमेरिकी अनलाइन मिडिया एक्सियोसका अनुसार ट्रम्पले नेतन्याहुलाई फोनमा रिसाउँदै भनेका थिए, ‘तिमी पागल भयौ? आखिर तिमी के गरिरहेका छौ? यदि म नभएको भए तिमी जेलमा हुन्थेउ। म तिमीलाई बचाइरहेको छु। तर अब सबैजना तिमीसँग रिसाएका छन्। सबैजना इजरायलसँग पनि रिसाएका छन्।’
अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्प विशेषगरी लेबननमा भएको ठूलो जनधन क्षति र हेज्बुल्लाह कमान्डसँग सम्बन्धित भवनमा गरिएको आक्रमणप्रति चिन्तित थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
