`

विपिन कार्की र विजय कुमार पाण्डे मिलेर नयाँ कथानक फिल्म बनाउने

Nepal One HD २२ जेठ २०८३ १८:११
चलचित्र

काठमाडौं। अभिनेता विपिन कार्कीले वरिष्ठ पत्रकार तथा लेखक विजय कुमार पाण्डेसँग सहकार्य गर्दै नयाँ कथानक फिल्म निर्माण गर्ने भएका छन्। फिल्म विपिन कार्की अध्यक्ष रहेको ‘लाइट बेन्डर्स प्रा.लि.’ को ब्यानरमा बन्ने भएको हो।

विपिन कार्कीले शुक्रबार सामाजिक सञ्जालमार्फत विजय कुमारसँगको भेटपछि आगामी सहकार्यबारे उत्साह व्यक्त गरेका छन्। उनले यो भेट केवल औपचारिक भेटघाट मात्र नभई भविष्यमा संयुक्त रूपमा सिर्जनात्मक काम गर्ने दिशातर्फको महत्वपूर्ण सुरुवात भएको बताएका छन्।

उनले लेखेका छन्, ‘आजको भेट केवल एउटा भेटघाटमा सीमित रहेन। यसले आगामी दिनहरूमा सँगै सिर्जना र सहकार्य गर्ने सम्भावनाप्रति अझ उत्साहित बनायो।’

विपिनले विजय कुमार पाण्डेसँगको सहकार्यलाई आफ्नो लागि सौभाग्यको अवसरका रूपमा उल्लेख गर्दै अनुभवी, सिर्जनशील र दूरदर्शी व्यक्तित्वसँग काम गर्न पाउनु गौरवको विषय भएको बताएका छन्।

फिल्मको लेखन तथा निर्देशन विजय कुमार पाण्डेले गर्नेछन्। निर्माण पक्षका अनुसार फिल्मको विस्तृत घोषणा आगामी सेप्टेम्बर अन्त्य वा अक्टोबरमा गरिनेछ। त्यसबेला कलाकार तथा अन्य प्राविधिक विवरण सार्वजनिक गरिनेछ।

यसै फिल्मसँगै सोही कथामा आधारित पुस्तक पनि प्रकाशित गर्ने तयारी गरिएको छ। फिल्म रिलिजपछि पुस्तक सार्वजनिक गर्ने विषयमा पनि छलफल भइरहेको अभिनेता कार्कीले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *