सारंगीवादन, गायन हुँदै निर्देशनमा पनि जम्दै हेमन्त कान्छा, शनिबार रिलिज गरे रेलीमैको भिडियो
म्याग्दीको मालिका गाउँपालिका –४,ओखरबोटका हाल अमरज्योति माविमा अध्यापनरत तुलप्रसाद पुन (नयन बाबु)को प्रस्तुतिमा मगर समुदायको प्रचलित मौलिक शिरफुले भाका रेलिमैको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ ।
मौलिक कला, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त म्युजिक भिडिओ शनिबार बिहान गायक तथा सारङ्गी वादक हेमन्त कान्छा रसाईलीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
निर्माता पुन र गायक रसाईलीकै शब्द तथा लय रहेको गीतमा स्वयं गायक रसाईली सहित कृष्ण परियार, गीता पाईजा, सुमन थापा र अमृता लामिछानेले स्वर भर्नुभएको छ ।
मालिका गाउँपालिकाको वडा नम्बर ४ पर्यटकीय स्थल सोले डाँडा ,ओखरबोट लगायत विभिन्न ठाउँमा छायाँकन गरिएको म्युजिक भिडिओको निर्देशन समेत गायक रसाइलिको रहेको छ । म्युजिक भिडिओमा स्वयं गायक रसाइली ,निर्माणकर्ता पुन , कलाकारहरू पविता पुन, नवीन मगर, सुष्मा बुढाथोकी , करुणा बुढा लगायतको अभिनय रहेको छ। भिडिओ हेर्नुहोस्
