बालेनलक्षित साम्पाङको टिप्पणी, ‘यु आर माई ट्रु…’(भिडियो)
काठमाडौं । यसअघि पटक पटक प्रधानमन्त्री बालेन्द्र शाहले हर्क साम्पाङलाई लक्षित गर्दै dear hark you are my true love भन्दै लेखेका थिए। आज साम्पाङले प्रधानमन्त्री शाहलाई प्रिय बालेन ‘You are my true…’ भन्दै भारतसँगको सीमा विवादबारे प्रमाण लिएर आउन चुनौती दिएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले लेखेका छन्, “प्रिय बालेन… भोलिको बैठकमा नेपालले भारतको सिमाना कहाँ कहाँ मिचेको रहेछ सोको प्रमाण लिएर आऊ है ! You are my true…” भन्ने अभिव्यक्ति दिएका छन् ।
उनको यो भनाइ हालै सीमा विवाद र राष्ट्रियताको विषयमा भइरहेको बहससँग जोडेर आएको देखिन्छ। साम्पाङले पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक विषयमा कडा टिप्पणी गर्दै आएका छन्।
यसअघि पनि साम्पाङले विभिन्न राजनीतिक दल र नेताहरूलाई लक्षित गर्दै विवादास्पद टिप्पणी गर्दै आएका थिए। उनको पछिल्लो अभिव्यक्तिले पुनः राजनीतिक वृत्तमा चर्चा पाएको छ।
