`

राजेश हमाललाई हर्कले भने – ‘अब माटो चुनाव चिन्हबाट चुनाव लड्नुपर्छ !’

Nepal One HD २४ जेठ २०८३ १८:१६
मनोरञ्जन

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अभिनेता राजेश हमालसँग सम्बन्धित विषयमा एकै दिनको अन्तरालमा तीन वटा फेसबुक पोस्ट गरेका छन्।

शनिबार अध्यक्ष राईले अभिनेता हमाललाई आफ्नो दलमा भित्र्याउने चाहना रहेको उल्लेख गर्दै सार्वजनिक रूपमा प्रस्तावसमेत अघि सारेका थिए।

उनले हमालजस्ता व्यक्तित्वले राजनीतिमा प्रवेश गरे पार्टीलाई मात्र नभई राष्ट्रिय राजनीतिलाई समेत नयाँ दिशा दिन सक्ने संकेत गरेका छन्।

त्यसपछि उनले अर्को पोस्टमार्फत आगामी निर्वाचनमा आफ्नो पार्टी ‘माटो’ चिन्हबाट चुनाव लड्नुपर्ने धारणा व्यक्त गरेका छन्। उक्त पोस्टमा उनले संगठन विस्तार, जनस्तरको मुद्दा र वैचारिक स्पष्टताका आधारमा पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

तेस्रो पोस्टका रूपमा उनले हालै अभिनेता हमालले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै दिएको अभिव्यक्ति समेटिएको एक भिडियो पनि सेयर गरेका छन्। उक्त भिडियोमा हमालले देशको नेतृत्व गर्ने व्यक्तिले गम्भीर, संयमित र दूरदृष्टिपूर्ण हुनुपर्ने आवश्यकता औँल्याएका थिए।

हर्कराज राईले लगातार हमालसँग सम्बन्धित सामग्री साझा गरेपछि सामाजिक सञ्जालमा यसको राजनीतिक अर्थबारे पनि चर्चा सुरु भएको छ।

हमाल पछिल्लो समय सरकारप्रति आलोचनात्मक अभिव्यक्तिहरू दिँदै आएका छन्।

उनको स्टाटस यस्तो छ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *