थुमन र प्रितिले ल्याए “ठकुरीको छोरी”
मनोरञ्जन भिडियो
काठमाडौ । चर्चित गायिका प्रिति आले र गायक तथा सर्जक थुमन शर्माद्वारा स्वरबद्ध “ठकुरीको छोरी” बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा थुमन र प्रितिसंगै युवराज छन्त्याल तथा प्रतिभा शर्मा चपाईको स्वर रहेको छ । गीतमा प्रतिभा शर्मा चपाईको शव्द र प्रिय कुमारको संगीत रहेको छ ।
अर्जुन थापाको निर्देशनमा तयार पारिएको उक्त म्युजिक भिडियोमा गोबिन्द विवश, सरिता धनकुटी, सबिता कार्की , कञ्चन सारु मगर, रेनुका बराल लगायतको अभिनय तथा नृत्य हेर्न सकिन्छ । भिडियोको छाँयाकन तथा सम्पादन सुशील दांगीले गरेका हुन ।
भिडियो थुमन शर्मा अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । यस गीत र भिडियोलाई पनि पहिलेकै गीत र भिडियोलाई जस्तै दर्शकश्रोताले माया, साथ र सपोर्ट गरिदिनु हुन्छ भन्ने कुरामा गायक थुमन शर्मा तथा टिम आशावादी रहेको कुरा बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
