`

एमाले अध्यक्ष ओली किन पुगे अस्पताल ?

Nepal One HD २८ जेठ २०८३ १६:११
जीवनशैली/स्वास्थ्य

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

कान र दाँतमा समस्या देखिएपछि उनी अस्पताल गएको उनका सचिवालयले जनाएको छ।

सचिवालय प्रमुख निरुदेवी पालका अनुसार ओली अहिले चिकित्सकसँग जाँच गराइरहेका छन्। उनले भनिन्, ‘अध्यक्षज्यूको कान र दाँतमा समस्या भएपछि अस्पताल आउनुभएको हो। अहिले डाक्टरसँग देखाइरहनु भएको छ।’

यसअघि पनि ओलीले पित्तथैलीमा पत्थरी भएपछि त्रिवि शिक्षण अस्पतालमै शल्यक्रिया गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *