`

अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत

Nepal One HD २८ जेठ २०८३ १९:५८
प्रमुख खबर

काठमाडौँ,- प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेटसँग सम्बन्धित दुई विधेयक प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र जवाफपश्चात् अर्थमन्त्री डा वाग्लले ‘विनियोजन विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री डा वाग्लले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तुत गरे । अहिले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि छलफल जारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *