बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार
काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार रहँदै आएका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-४ का ५२ वर्षीय प्रशान्तराम नकर्मी पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१२ टेकुबाट निजलाई आज पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौँले गत मङ्सिर १० गते निजलाई उक्त मुद्दामा रु सात लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर गरेको थियो ।
नकर्मीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
