धवलशम्सेर र दुर्गाको नयाँ दल : खाका तयार गर्ने जिम्मेवारी क-कसले पाए ?
काठमाडौं। बृहत्त राष्ट्रवादी एकता कायम गरी नयाँ राजनीतिक दल निर्माण गर्ने उद्देश्यका साथ डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईंका समूहबीच सहमति भएको छ । यसै सहमति कार्यान्वयन गर्दै सबल राष्ट्रवादी पार्टी निर्माण गर्ने उद्देश्यसाथ चौबीस समितिहरु गठन गरिएको छ ।
नयाँ बन्ने दलको घोषणा शिघ्र हुने र यसका नाम लगायत व्यवस्थाहरु तयार गर्न आइतबार निम्न जिम्मेवारी बाँडफाट गरिएको हो ।
१. कार्यदल समिति
संयोजक – मुकुन्द श्याम गिरी
२. वार्ता समिति
संयोजक – राजु आचार्य
३. सचिवालय समिति
संयोजक – सगुन सुन्दर लावती
४. विधान मस्यौदा समिति
संयोजक – माधव कल्पित
५. आर्थिक समिति
संयोजक – दिलविकास भण्डारी
६. जेनजी संयोजन समिति
संयोजक – दिपिका भट्ट
७. संचार समिति
संयोजक – क्षितिज सापकोटा
८. कानुनी परामर्श समिति
संयोजक – डा. महेन्द्रजंग शाही
९. प्रशिक्षण विभाग
संयोजक – प्रा. डा. पुष्प अधिकारी
१०. झण्डा, नाम तथा चुनाव चिन्ह समिति
संयोजक – मुकुन्द श्याम गिरी
११. महिला संयोजन समिति
संयोजक – अञ्जना शाह रावल
१२. युवा विभाग
संयोजक – फणीराज लोहनी
१३. भूपू सैनिक समिति
संयोजक – प्रकाश जंग कार्की
१४. अन्तर्राष्ट्रिय सम्पर्क समिति
संयोजक – डा. निराजन प्रसाईं
१५. नागरिक सुरक्षा समायोजन समिति
संयोजक – दुरेन राई
१६. साँस्कृतिक बिभाग
संयोजक – दिनेश पाख्रिन
१७. युवा संगठन
संयोजक – निराजन बम
१८. प्रवास विभाग
संयोजक – शशी सिलवाल
१९. मजदुर संगठन समिति (ट्रेड युनियन)
संयोजक – चिरागमान सिंह कुँवर
२०. खेलकुद समायोजन समिति
संयोजक – दमन बस्नेत
२१. सुकुम्बासी समायोजन समिति
संयोजक – नरेन्द्र लामा
२२. सुझाव संकलन समिति
संयोजक – कर्ण बहादुर शाही
२३. वित्तीय समस्या समाधान समिति (लघुवित्त, मिटरब्याज, बैक सहकारी)
संयोजक – देबी संग्रौला
२४. वातावरण समिति
संयोजक – पवित्रा सुब्बा श्रेष्ठ
