`

फिशिङ लिंकमार्फत बढ्दो साइबर जोखिम, प्राधिकरणको कडा चेतावनी

Nepal One HD २ असार २०८३ २०:१२
प्रमुख खबर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनाधिकृत नम्बरबाट व्यक्तिगत मोबाइल नम्बरमा आउने फिशिङ लिंकयुक्त एसएमएस तथा सन्देशप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्राधिकरणले मंगलबार एक अत्यन्त जरूरी सूचना जारी गर्दै पछिल्ला दिनहरूमा मोबाइल सेवा प्रदायकहरूको नेटवर्क पूर्वाधार तथा ओटीटी एप (जस्तै व्हाट्सएप) को माध्यमबाट सर्वसाधारणका मोबाइल नम्बरमा फिशिङ लिंक समावेश भएका सन्देशहरू प्राप्त हुने क्रम बढेको जनाएको छ।

प्राधिकरणका अनुसार यस्ता सन्देशहरूमा विभिन्न निर्देशनसहितका लिंकहरू पठाइने गरिएको छ, जसले आम उपभोक्तामा भ्रम तथा द्विविधा सिर्जना गरिरहेको गुनासो प्राप्त भएको छ। ती फिशिङ लिंकहरू वास्तविक तथा आधिकारिक जस्तै देखिने भएकाले प्रयोगकर्ताहरू झुक्किएर क्लिक गर्न सक्ने जोखिम रहेको उल्लेख गरिएको छ।

सूचनामा त्यस्ता लिंकमा प्रवेश गर्दा विभिन्न प्रकारका आपराधिक गतिविधि, व्यक्तिगत विवरणमा अनधिकृत पहुँच, बैंकिङ तथा वित्तीय अपराध लगायतका क्षति हुन सक्ने चेतावनी दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *