`

मकवानपुरका ४० औषधि पसल बन्द

Nepal One HD ४ असार २०८३ १४:०६
जीवनशैली/स्वास्थ्य

मकवानपुर । नवीकरण नगरी सञ्चालनमा रहेका मकवानपुर जिल्लाका ४० औषधि पसल बन्द गरिएको छ।

औषधि व्यवस्था विभागले तोकेको समयसीमाभित्र नवीकरण नगरेका कारण ती पसलहरू बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेका अनुसार फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्मा सञ्चालनमा रहेका पसलहरू नवीकरण प्रक्रिया पूरा नगरेपछि कारबाहीस्वरूप बन्द गरिएको हो।

प्रशासनले कानुनअनुसार आवश्यक अनुमति र नवीकरण बिना औषधि पसल सञ्चालन गर्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको स्पष्ट पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *