`

रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगेर यस्तो भन्छन् राप्रपा अध्यक्ष लिङदेन [भिडियो]

Nepal One HD ७ असार २०८३ १४:०९
भिडियो

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले राजनीतिक दलहरूको महाधिवेशनमा एक-अर्का दलका नेताहरूले शुभकामना दिनु सामान्य र सकारात्मक अभ्यास भएको बताएका हुन् ।

उनका अनुसार यस्ता कार्यक्रमले राजनीतिक संस्कार र संवादको परम्परालाई बलियो बनाउँछ।

लिङदेनले हालै सम्पन्न निर्वाचनपछि रास्वपाले प्राप्त गरेको जनमतलाई जनताको नयाँ अपेक्षासँग जोड्दै उक्त दलको महाधिवेशनलाई महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेर्नुपर्ने धारणा पनि राखे। उनले यस्तो अवसरमा उपस्थित हुनु जिम्मेवार राजनीतिक नेताको भूमिका भएको बताए।

त्यसैगरी, उनले आफ्नै पार्टी राप्रपाभित्र देखिएको असन्तुष्टि तथा केही नेताहरूको बहिर्गमनबारे प्रतिक्रिया दिँदै पार्टीबाट सदस्यहरू बाहिरिनु दुःखद पक्ष भएको टिप्पणी गरे।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *