`

रास्वपा महाधिवेशनको दोस्रो दिन : बन्दसत्र ढिलो,त्रुटि सच्याउने काम सकिएन

Nepal One HD ८ असार २०८३ १२:०३
बिशेष

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन।

सोमवार बिहान साढे ८ बजे सुरु हुने भनिएको बन्दसत्र प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने काम नसकिएकाले ढिलिएको हो।

पार्टीका एक नेताका अनुसार निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक महाधिवेशन प्रतिनिधि सूचीमा विभिन्न त्रुटि देखिएपछि त्यसलाई सच्याउने तथा पुनः जाँच गर्ने प्रक्रिया जारी छ। सोही कारण बन्दसत्रको कार्यतालिका केही समय पछि धकेलिएको हो।

निर्वाचन समितिले आइतबार करिब चार हजार प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। सो सूचीमा त्रुटि देखिएपछि प्रतिनिधिहरूले निवेदनमार्फत सुधारका लागि माग गर्नुपर्ने व्यवस्था गरिएको छ, जसका कारण प्रक्रिया अपेक्षाभन्दा लामो भएको बताइएको छ।

आजको बन्दसत्रमा पार्टीका विभिन्न महत्वपूर्ण प्रतिवेदन तथा प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अनुशासन आयोगको प्रतिवेदन, कोषाध्यक्षको वित्तीय प्रतिवेदन, संगठनात्मक प्रतिवेदन तथा विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत हुनेछन्।

त्यसैगरी अर्थ-राजनीतिक प्रस्तावना पनि पेश गरिनेछ। यी प्रतिवेदनहरूमा छलफल र अनुमोदनपछि पार्टी सभापतिले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *