`

‘मिस नेपाल २०२६’ का २४ फाइनलिस्ट सार्वजनिक, सुरु भयो ताजको दौड

Nepal One HD १० असार २०८३ १५:१३
चलचित्र

काठमाडौं। ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट सार्वजनिक गरिएका छन्। राजधानीमा आयोजित विशेष ‘स्यास सेरेमोनी’मार्फत प्रतियोगिताको औपचारिक सुरुवात गर्दै फाइनलिस्टहरूलाई प्रतियोगी नम्बर तथा स्यास वितरण गरिएको हो।

आयोजक संस्था ‘द हिडन ट्रेजर’ले यस वर्षको प्रतिस्पर्धाका लागि छनोट भएका युवतीहरूलाई सार्वजनिक गर्दै आगामी दिनमा उनीहरूलाई विभिन्न चरणका प्रशिक्षण, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधिमा सहभागी गराइने जनाएको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष, निर्देशक, पूर्व मिस नेपाल विजेतालगायतले फाइनलिस्टहरूलाई स्यास र प्रतियोगी नम्बर प्रदान गरेका थिए। सो क्रममा प्रत्येक प्रतियोगीले आफ्नो परिचय दिँदै रुचिका क्षेत्र, लक्ष्य र सामाजिक योगदानका विषयमा धारणा व्यक्त गरेका थिए।

आयोजकका अनुसार ‘मिस नेपाल २०२६’ केवल सौन्दर्य प्रतियोगिता मात्र नभई नेतृत्व, आत्मविश्वास, सामाजिक चेतना र व्यक्तित्व विकासको मञ्चका रूपमा अघि बढाइनेछ। फाइनलिस्टहरूले आगामी केही सातासम्म विभिन्न तालिम, सामाजिक अभियान, प्रस्तुति र मूल्यांकनका चरण पार गर्नुपर्नेछ।

यस वर्षको प्रतियोगिताको मुख्य नारा ‘टप अफ द वर्ल्ड’ राखिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाबाट प्रेरित उक्त अवधारणालाई विशेष महत्व दिइएको आयोजकले जनाएको छ।

उद्घाटन समारोहमा हिमाली आदिवासी समुदायको सांस्कृतिक पहिरन प्रस्तुत गर्दै नेपालको विविधता र हिमाली पहिचानलाई झल्काउने प्रयास गरिएको थियो।

यी हुन् ‘मिस नेपाल २०२६’ का २४ फाइनलिस्ट

१. इशा सुवेदी
२. प्रनिशा खनाल
३. युक्ता पौडेल
४. अंशु कुँवर
५. संगीता पौडेल
६. श्रद्धा अधिकारी
७. काशिश सुब्बा
८. मानश्वी शर्मा
९. सुष्मा भण्डारी
१०. प्रतीक्षा आचार्य
११. आर्या निशान्त
१२. आयुष्मा केसी
१३. शितांशु ढकाल
१४. प्रतिमा खड्का
१५. प्रेमा लामगाडे
१६. महिमा पन्त
१७. दीपमाला ढकाल
१८. सेजा श्रेष्ठ
१९. विभुषा बस्नेत
२०. स्वीकृति ज्ञवाली
२१. चाँदनी श्रेष्ठ
२२. श्रीयांशी श्रेष्ठ
२३. अर्विशा थापा
२४. रचना भट्टराई

आगामी महिनाहरूमा हुने विभिन्न मूल्यांकन चरणपछि ‘मिस नेपाल २०२६’ को ग्रान्ड फिनाले आयोजना गरिनेछ, जहाँबाट नेपाललाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा प्रतिनिधित्व गर्ने विजेताहरू चयन हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *