`

डा.’ उपाधि विवाद : स्पार्क इन्टरनेसनलको रिट खारेज

Nepal One HD १७ असार २०८३ १५:४५
जीवनशैली/स्वास्थ्य

काठमाडौं । उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिल (एनएमसी) को कार्यक्षेत्र र नियामक अधिकारलाई वैधानिक ठहर गर्दै स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट प्रालिले दायर गरेको रिट निवेदन खारेज गरेको छ ।

डाक्टर चेतना पौडेलसमेत संलग्न उक्त रिटमा रिसोर्ट पक्षले नेपाल मेडिकल काउन्सिलले आफ्नो अधिकारक्षेत्र बाहिर गएर अनुगमन गरेको र अनावश्यक रूपमा हस्तक्षेप गरेको दाबी गरेको थियो । साथै, काउन्सिलको नियामक अधिकारमाथि पनि प्रश्न उठाइएको थियो ।

तर उच्च अदालत पाटनले काउन्सिलको दाबीलाई आधारसहित स्वीकार गर्दै आधुनिक चिकित्सा (एलोपेथी) अभ्यास, नियमन र अनुगमनको अधिकार नेपाल मेडिकल काउन्सिलमै निहित रहेको स्पष्ट पारेको छ ।

फैसलापछि नेचुरोपेथी लगायत वैकल्पिक चिकित्सा प्रणालीमा दर्ता भएका स्वास्थ्यकर्मी वा संस्थाले आधुनिक चिकित्सा निदान तथा उपचार प्रक्रियामा हस्तक्षेप गर्न नपाउने कानुनी व्यवस्था थप प्रस्ट भएको छ ।

यो निर्णयलाई नेपाल मेडिकल काउन्सिलको नियामक भूमिकालाई न्यायिक रूपमा पुष्टि गर्ने महत्वपूर्ण फैसलाका रूपमा लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *