`

कहिले बन्छ धवल-दुर्गाको नयाँ दल ?

Nepal One HD २८ असार २०८३ १५:३५
प्रमुख खबर

काठमाडौं। राप्रपा परित्याग गरेका धवल शम्शेर राणा र व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल गठनको तयारी अन्तिम चरणमा पुगेको छ।

पार्टीको विधानलाई अन्तिम रूप दिने काम तीव्र गतिमा भइरहेको तथा नाम, चुनाव चिह्न र संगठनात्मक संरचनाबारे अन्तिम छलफल चलिरहेको जनाइएको छ।

धवल शम्शेर राणाका अनुसार नयाँ दल केही समयभित्रै औपचारिक रूपमा घोषणा गरिनेछ। अहिले विधानको अन्तिम मस्यौदा तयार पार्ने, नेतृत्व संरचना टुंग्याउने तथा निर्वाचन आयोगमा दर्तासम्बन्धी प्रक्रिया मिलाउने काम भइरहेको उनले बताएका छन्।

नयाँ दल गठनसँगै पार्टीको वैचारिक दिशा, संगठन विस्तार र आगामी राजनीतिक रणनीतिसमेत सार्वजनिक गरिने तयारी छ। पार्टी घोषणाअघि नै विभिन्न विभागको जिम्मेवारी बाँडफाँट गर्ने काम पनि अघि बढाइएको स्रोतले जनाएको छ।

धवल शम्शेरसँगै राप्रपाका विभिन्न तहका करिब १८६ जना नेता तथा कार्यकर्ता नयाँ राजनीतिक अभियानमा सहभागी भएको दाबी गरिएको छ। उनीहरूमध्ये अधिकांशले संगठन निर्माण र जनपरिचालनको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहेका छन्।

राप्रपा छाडेपछि धवल शम्शेर र दुर्गा प्रसाईंले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गर्दै आएका थिए। त्यसयता उनीहरूले देशका विभिन्न स्थानमा राजनीतिक भेटघाट र छलफललाई तीव्र बनाएका थिए।

नयाँ दलको औपचारिक घोषणा भएपछि यसको नाम, चुनाव चिह्न, नेतृत्व संरचना र आगामी राजनीतिक एजेन्डा सार्वजनिक गरिने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *