`

आजदेखि पुनः १४.२ केजीको भरी ग्यास सिलिन्डर बिक्री सुरु

Nepal One HD ३१ असार २०८३ ८:४७
अर्थ समाचार

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आज (असार ३१ गते) देखि देशभर १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण पुनः सुरु गरेको छ। ग्यास आपूर्ति सहज बनेपछि पुरानै प्रणालीअनुसार भरी सिलिन्डर उपलब्ध गराउने व्यवस्था लागू गरिएको निगमले जनाएको छ।

मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार उपभोक्ताले अब १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर साबिककै २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन्।

यसअघि भारतबाट एलपी ग्यास आयातमा समस्या उत्पन्न भएपछि निगमले गत फागुन २९ गतेदेखि ७.१ केजी ग्यास भरिएको आधा सिलिन्डर मात्र बिक्री–वितरण गर्दै आएको थियो।

निगमका अनुसार हाल ग्यास आयात सहज भएसँगै बजारमा भरी सिलिन्डरको माग बढेकाले पुरानै व्यवस्था पुनः लागू गरिएको हो।

यद्यपि, बजारमा केही समयसम्म ७.१ केजीको आधा सिलिन्डर र १४.२ केजीको भरी सिलिन्डर दुवै प्रकारका सिलिन्डर उपलब्ध हुन सक्ने निगमले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *