`

११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै

Nepal One HD ३१ असार २०८३ ११:४२
बिशेष

काठमाडौं। प्रतिनिधिसभाको आज बस्ने बैठकमा तीन संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस हुने भएका छन्।

दिउँसो १ बजे बस्ने बैठकमा सरकारका तर्फबाट विभिन्न प्रतिवेदन तथा विधेयकहरू सदनमा प्रस्तुत गरिने कार्यसूची तय गरिएको हो।

संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानवअधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्नेछिन्।

आजको बैठकमा आर्थिक क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विधेयक पनि प्रवेश गर्ने कार्यसूची छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्।

यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँग सम्बन्धित दुई महत्त्वपूर्ण महासन्धि अनुमोदनको प्रक्रिया पनि आजको बैठकको एजेन्डामा परेको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ तथा श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि सामान्य छलफल गरियोस् र ती महासन्धि अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

Talika-3-32-1784079509.JPG


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *