`

तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित

Nepal One HD १ साउन २०८३ १९:४५
राजनीति

काठमाडौँ, १ साउन : प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोनित गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८ (१) (ख) सिफारिस समिति सदस्यहरु नारायणप्रसाद ढकाल (काठमाडौँ) र अर्चना थापा (ललितपुर)लाई मनोनयन गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४दफा, ८ (१) (ख) बमोजिम बत्सगोपाल वैद्य (ललितपुर) र लोकबहादर चित्रकार (ललितपुर)लाई मनोनयन गर्नुभएको छ ।

साथै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८ (१) (ख) अनुसार सिफारिस समिति सदस्यमा लोचन रिजाल (पाँचथर) र अनुप बराल (कास्की)लाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *