`

 ‘जदौ’ को जदौ हजुरमा नीति,प्रभात र राजश्रीको त्रिकोणात्मक सम्बन्ध

Nepal One HD २ साउन २०८३ ९:५६
चलचित्र

काठमाडौं । प्रतिक्षित चलचित्र ‘जदौ’ को शीर्ष गीत जदौ हजुर..शुक्रबार राजधानीमा प्रेसमिट गरि सार्वजनीक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्ट युट्युवमार्फत दर्शकमाझ ल्याइएको डान्सिङ बिटको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर छ ।

बाबुल गिरीको शब्द र संगीतमा रहेको गीतमा नीति शाह,प्रभातपाल ठकुरी,राजश्री थापालगायतका प्रमुख कलाकार फिचर छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्म ९ असोजमा देशब्यापी प्रदर्शनमा आउने छ ।

गीत सार्वजनीक कार्यक्रममा गायक राजनराज र गायिका रचनाले बदाम खजुर,दर्शन सलाम ढोग दियाँ जदौ हजुर…गाएर माहौल तताएका थिए । गीतकार,संगीतकार तथा गायकको रुपमा स्थापीत राजनराजले पहिलोपटक यो गीतमा स्वर मात्रै दिएको प्रसंग उल्लेख गरे भने गायिका रचनाले राजनराजसँग यो नै पहिलो पाश्र्व गायन भएको उल्लेख गरिन् ।

समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको ‘जदौ’ मा मुकुन भुसाल,ऋचा शर्मा,नीति शाह, प्रतातपाल ठकुरी,राजश्री थापा,विनोद न्यौपाने,नरेश पौड्याल,गीता अधिकारी,खड्कबहादुर पुन (खबपु),सुन्दर धिताल,सन्ध्या श्रेष्ठ,सुमित्रा देवकोटालगायतका कलाकारले अभिनय गरेका छन् । कार्यक्रममा अभिनेत्री नीतिले ‘जदौ’ अहिले आइरहेका भन्दा अलि भिन्न,यथार्थपरक कथामा निर्माण गरिएको बताउदै दर्शकलाई मन पर्ने आशा ब्यक्त गरिन् । अभिनेता मुकुनले दर्शकले ‘जदौ’ मा आफूलाई एक वास्तविक पात्रको रुपमा पाउने उल्लेख गरे भने अभिनेता प्रभातपालले यो फिल्म आफ्नो लागि निकै महत्वपूर्ण रहेको बताए । यही फिल्मबाट डेब्यु गरेकी अभिनेत्री राजश्रीले आफ्नो पहिलो प्रयास दर्शकलाई मन पर्ने बिश्वास ब्यक्त गरिन् ।

निर्देशक शर्माले आफूहरुले अब्बल फिल्म बनाउन कुनै कसर बाँकी नराखेको बताए भने अर्का निर्देशक काजीले फिल्मले भरपुर मनोरञ्जनका साथमा समाजोपयो सन्देशसमेत प्रवाह गर्ने धारणा ब्यक्त गरे । श्याम तामाङ र नवराज उप्रेतीले खिचेको फिल्मको सहनिर्मातामा राजाराम सुवेदी,सुमीत्रा देवकोटा,दीपक पोखरेल,नारायण शास्त्री र डिल्ली पोखरेल छन् । सृजना शर्मा र मनिष शर्मा निर्माता अनि शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्शन हेड बिमला भण्डारी छिन् । फिल्मलाई एनजिसिएन ग्रुपले देशब्यापी रुपमा बितरण गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *