`

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

Nepal One HD ८ साउन २०८३ ९:५३
राजनीति

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले  शुक्रवार मुलुकका प्रमुख निर्यातजन्य उद्योग तथा व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११:३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुनेछन्।

छलफलमा निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार र समाधानका उपायबारे विचारविमर्श हुने जनाइएको छ।

प्रधानमन्त्री शाहले पछिल्लो समय अर्थतन्त्रलाई चलायमान बनाउन र निर्यात प्रवर्द्धनका लागि निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा सरोकारवालासँग निरन्तर संवादलाई प्राथमिकता दिँदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *