`

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन

Nepal One HD ११ साउन २०८३ ८:२१
राजनीति

दाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ। उनको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिएका छन्।

असी वर्षीय बस्नेत लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। दाङको कम्युनिस्ट आन्दोलनका धरोहरका रूपमा परिचित बस्नेत पार्टीका विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा रहेर नेतृत्व प्रदान गरेका थिए। उनको निधनले दाङको कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा अध्यक्ष आचार्यले व्यक्त गरे।

एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीका अनुसार नेता बस्नेतको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि तुलसीपुरस्थित एमालेको पार्टी कार्यालयमा राखिएको छ। उनको आजै शीतलपुरस्थित बबई नदीको घाटमा अन्त्येष्टि गरिने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *