`

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति पुग्यो ?

Nepal One HD १८ साउन २०८३ ७:५६
अर्थ समाचार

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल÷मट्टितेल ५ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले बढाएको हो ।

यस्तै निगमले अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढाएको छ । नयाँ मूल्यसूचीअनुसार काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम गरिएको छ।

सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तोकिएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *