सुनसरीका देवानगञ्ज र हरिनगरमा निषेधाज्ञा
बिशेष
काठमाडौं। सुनसरीका देवानगञ्ज र हरिनगर गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सोमबार बिहान १० बजेदेखि लागू हुने गरी दुवै गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका हुन्।
साउन १० गते देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि सुनसरीका विभिन्न क्षेत्रमा तनाव बढेको थियो। घटनापछि प्रदर्शन तथा विरोधका गतिविधि चर्किएसँगै स्थानीय प्रशासनले विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा बनाउँदै आएको छ।
पछिल्लो समय प्रभावित क्षेत्रमा जनजीवन क्रमशः सामान्य बन्दै गए पनि सम्भावित तनाव पुनः फैलिन नदिन प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
प्रशासनले शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न निषेधाज्ञाको पूर्ण पालना गर्न स्थानीयवासीलाई आग्रह गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
