`

जेनजी घाइतेको उपचारमा सरकारले आवश्यक सबै सहयोग गर्छ – गृहमन्त्री सुधन गुरुङ

Nepal One HD २१ साउन २०८३ २१:१६
बिशेष

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको बताएका छन् बबरमहलस्थित ‘घाइते जेनजी नेपाल’ कार्यालयमा पुगेर आज गृहमन्त्री गुरुङले त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कुराकानी भइरहेको बताए।

“अझै पनि हाम्रा भाइबहिनीहरु उपचारको प्रक्रियामा हुनुहुन्छ, उहाँहरुलाई सरकारले सक्दो सहयोग गर्नेछ”, गृहमन्त्री गुरुङले भने। आफूले युवापुस्ताको प्रतिनिधित्व गरिरहेको जेनजी युवालाई अपहेलित गर्ने कार्य सैह्य नहुने स्पष्ट पारे।

आफू देश र जनताको भलो गर्ने उद्देश्यले राजनीतिमा आएको उल्लेख गर्दै उनले भने, “जे गर्नुछ राम्रो गर्नुछ, त्योबाहेक न त मलाई कुर्सीको लोभ छ, न त मलाई शक्तिको घमण्ड छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *