`

बालेनको कूटनीतिक शैलीमा बदलाव, भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता

Nepal One HD २४ साउन २०८३ ९:०३
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी राजदूतसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि शाहले विदेशी राजदूतसँग व्यक्तिगत भेटवार्ता नगर्ने भने पनि पूर्वअडानबाट पछि हट्दै काठमाडौंस्थित प्रमुख कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका हुन्।

प्रधानमन्त्रीले सोमबार नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग अलग–अलग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग सोमबार बिहान ११ बजे भेट गर्नेछन्।

त्यसपछि चिनियाँ राजदूत चाङ माओमिङसँग सोमबार अपराह्न ३ बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले त्यसपछि चैत २५ गते काठमाडौंस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *