`

थाइल्याण्डबाट आज नेपाल फर्किँदै शेरबहादुर देउवा

Nepal One HD २८ साउन २०८३ ८:००
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै छन् ।देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज (बिहीबार) मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।

देउवालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूको ठूलो टोली विमानस्थल पुग्ने तयारी रहेको छ ।

देउवा स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका थिए । त्यहाँको उपचारपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए । उनी थाइल्याण्ड हुँदै नेपाल फर्कन लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *