मुख्यमन्त्री शाहले गरे राजीनामाको घोषणा, अब नयाँ सरकार गठनको बाटो खुल्यो
प्रमुख खबर
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिने घोषणा गरेका हुन्।
राजीनामा घोषणा गर्नुअघि प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री शाहले ‘राजनीतिक बेइमानी’का कारण वर्तमान सरकार अल्पमतमा परेको आरोप लगाए। उनले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको दाबी गर्दै प्रदेश गौरवका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए।
मुख्यमन्त्री शाहले राजीनामा दिएसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।
केन्द्रमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबीच भएको सहमतिअनुसार सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
