`

रोल्पामा आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर एक जनाको मृत्यु

Nepal One HD २९ साउन २०८३ ७:२९
समाचार

रोल्पा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ ।चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *