नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित
समाचार
काठमाडौँ। नेपाल एशोसिशयन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा भरतजङ्ग पाण्डे निर्वाचित हुनुभएको छ ।
नाट्टाको ५९औँ वार्षिक साधारणसभाबाट उहाँ निर्वाचित हुनुभएको हो । वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्ष सविता केसी भट्टराई, महासचिव राजकुमार देवकोटा, सचिव रमेश पराजुली, कोषाध्यक्ष दिकी शेर्पा र सहकोषाध्यक्ष जीवन कोइराला निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, सदस्यमा स्मारिका थापा, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभाष पौडेल निर्वाचित हुनुभएको छ ।
उक्त साधारणसभाको प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
