खाना पकाउने ग्यास सहज बनाउन काठमाडौंका ७ स्थानबाट बिक्री हुने
काठमाडौंमा एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले आइतबार राजधानीका सात स्थानबाट उपभोक्तालाई सिधै ग्यास सिलिन्डर बिक्री गर्ने भएको छ।
बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा निगमले प्रत्यक्ष बिक्रीको व्यवस्था गरेको हो।

निगमका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सकिनेछ। ग्यास लिन जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।
ग्यास बिक्री हुने स्थान र ब्रान्डहरू यसप्रकार छन् :
टेकुस्थित नेपाल आयल निगम परिसर — नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर
पशु सेवा शाखा, चपली–बुढानीलकण्ठ — नेपाल, एचपी र भानु
राधास्वामी, कीर्तिपुर परिसर — नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
नयाँ बजार जुडे हल परिसर — नेपाल, एचपी र ओम
तारकेश्वर नगरपालिका परिसर — नेपाल र एचपी
चन्द्रागिरि नगरपालिका कार्यालय — लोकप्रिय, नेपाल, एचपी र श्रीमाया
राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी — नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एटीसी
