दाइजोका नाममा दबाब र अन्याय सहनु पर्दैन, सम्पर्क गर्नुस् : उपसभामुख ठाकुर
प्रमुख खबर
काठमाडौं – प्रतिनिधि सभाका उपसभामुख रुबीकुमारी ठाकुरले छोरीलाई दाइजो नभई शिक्षा दिन आग्रह गरेकी छिन् । शनिबार धनुषाको ढल्केबरमा नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको उद्घाटन गर्दै उनले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न पनि आग्रह गरिन् ।
उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएको पनि बताइन् । उनले दाइजो लिएर वा दिएर विवाह गर्ने तथा दाइजोका लागि दबाब दिने कार्य कानुनी रूपमा दण्डनीय हुने भएकाले त्यस्तो कार्य नगर्न आग्रह गरिन् । उनले भनिन्
‘छोरीलाई दाइजो नभई शिक्षा दिनुहोस्, छोराको विवाह गर्दा दाइजो नलिनुहोस्,’ उपसभामुख ठाकुरले भनिन्, ‘दाइजो समाजका लागि अभिसाप हो, सबै मिलेर यसको अन्त्य गरौँ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
