`

मानार्थ महारथीको दर्जा लिन भारतीय प्रधानसेनापति सेठ नेपालमा

Nepal One HD ३१ साउन २०८३ १८:४४
प्रमुख खबर

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ मानार्थ महारथीको दर्जा ग्रहण गर्न आइतबार काठमाडौं आइपुगेका छन् । एयर इन्डियाको विमानमार्फत अपराह्न ४ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका सेठले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नेछन् भने नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गर्ने कार्यक्रम छ । भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी गत जुन ३० मा सम्हालेका सेठलाई नेपालले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्न लागेको हो ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधानसेनापति सेठलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *